बुटवल, १३ मंसिर । लुम्बिनी प्रदेश सभामा प्रत्यक्षतर्फको सबै नतिजा सार्वजनिक भएसँगै नयाँ सरकारको विषयमा चर्चा परिचर्चा सुरु भएको छ। नयाँ सरकार कुन दलले र कसको नेतृत्वमा बनाउने भन्ने विषयले अहिले लुम्बिनी प्रदेशमा चर्चा पाएको छ। प्रत्यक्षतर्फ प्रदेश सभाको सबैभन्दा ठूलो दल नेकपा (एमाले) र दोस्रो दल नेपाली कांग्रेस भएको छ। एमाले वा कांग्रेसकै नेतृत्वमा…