देउखुरी २७ पुस । दाङको लमही नगरपालिका–८, कालीपुरुवामा भर्खरै निर्माण सम्पन्न पुलमुनि रातभर ट्याक्टरको लाम हुन्छ । पुलमुनि बालुवा उत्खनन गरी ढुवानी गर्नका लागि यसरी ट्याक्टर लाम लाग्ने गरेका हुन् । केही ट्याक्टरले नदीको किनारमा बालुवा थुपार्छन् भने बाँकी ट्याक्टर बालुवा बोकेर ठाउँठाउँ पुग्छन् ।स्थानीयहरू ट्याक्टरको रातभरको आवाजले निदाउन पाउँदैनन् । नदीजन्य पदार्थको उत्खननमा निर्माण…