काठमाडौं ९ फागुन - नेकपा (एकीकृत समाजवादी) का सांसद मेटमणि चौधरीले यथास्थितिमा अमेरिकी सहायता परियोजना एमसीसी पारित गर्न नसकिने बताउनु भयो । सोमबार रिपोर्टस क्लबमा आयोजित सात्क्षात्कार कार्यक्रममा चौधरीले सरकारबाट पनि नबाहिरिने बताउनु भयो ।‘यही अवस्थामा हामी एमसीसी पास गर्दैनौं,’ चौधरीले भन्नु भयो , ‘हामी सरकारबाट पनि बाहिरिदैनौं । सरकारलाई दिएको समर्थन यथावत रहन्छ, सरकारमै रहन्छौं…