बुटवल, २१ पुस । लम्निी प्रदेशको बाँके स्थित नेपालगञ्ज उपमहानगरमा दादुराको लक्षण देखिएका एक बालकको मृत्यु भएको छ। नेपालगञ्ज ५ का ३१ महिना उमेरका बालकको मृत्यु भएको हो । शिशुलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाले जनाएको छ। ती बालकमा दादुराको लक्षण देखा परेको थियो। ज्वरो आउने, शरिरका विभिन्न भागमा…