बुटवल १९ पुस । बुटवलको इतिहासमा पहिलो पटक बुटवलको कालिकापथमा सोमबारदेखि रात्रिकालीन बजार सञ्चालनमा आएको छ । बुटवल उपमहानगरपालिका वडा नं ९ र ११ मा पर्ने कालिकापथ सडकको नयाँ बसपार्कदेखि होराइजन चोकसम्मको सडकमा सोमबारदेखि रात्रिकालीन बजार सञ्चालनमा आएको हो ।बुटवल उपमहानगरपालिकाले सो रात्रिकालीन बजार सञ्चालनका लागि अनुमति दिएको हो । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले…