तिलोत्तमा १४ पुस — नेपाली कांग्रेसले लुम्बिनी प्रदेशमा संसदीय दलको नेता चयनका लागि तीन सदस्यीय संसदीय दलको नेता तथा कार्यसमिति चयन उपसमिति गठन गरेको छ ।बुटवलमा बसेको कांग्रेस लुम्बिनी प्रदेश समिति अन्तर्गत कार्यसम्पादन समितिको बैठकले दलको नेता चयन गर्न सहमहामन्त्री खगराज पाण्डेको संयोजकत्वमा तीन सदस्यीय उपसमिति गठन गरेको कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले बताए…