काठमाडौं २८ माघ । बिहीबार बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको पहिलो बैठकका ९ वटा एजेण्डा थियो । स्थानीय चुनावको तयारीका लागि समितिहरु गठनदेखि अधिवेशन गर्न बाँकी जिल्ला, क्षेत्र र पालिकाको अधिवेशनको मिति तोक्न निर्वाचन समितिलाई आग्रह गर्नेसम्म एजेण्डा थियो । पार्टी कार्यालय सानेपामा बसेको बैठक एजेण्डाभन्दा बाहिर रहेको अमेरिकी सहयोग परियोजना, मिलेनियम च्यालेन्ज कम्प्याक्ट…