काठमाडौं, १९ वैशाख। सरकारले भोलि वैशाख २० गतेको ईदका लागि सार्वजनिक विदा दिने निर्णय गरेको छ । नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार इस्लाम धर्मालम्बीहरुको पर्व ईद उल उल फित्रका दिन विदा सार्वजनिक विदा दिने व्यवस्था भएको गृहमन्त्रालयले जनाएको छ । मन्त्रालयले सोमबार जारी गरेको सूचनामा भनिएको छ, ‘‘२०७९ वैशाख २० गते मंगलबार सार्वजनिक विदा कायम…