विभागीय त्रिभुवन आर्मी क्लबकी चन्द्रकला थापा र एपीएफकी नाङ्जा बुढा मगर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको महिला ५७ केजीमा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् | बसन्तपुर डबलीमा चन्द्रकलाले स्वस्तिका तिरुवा तथा नाङजाले लुम्बिनी प्रदेशकी जानकी थापा मगरलाई पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेकी हुन् । वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीद्वारा आयोजित प्रतियोगिताको महिला…