काठमाण्डाै – अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले 'बी' डिभिजनमा रहेको नयाँ बस्ती युवा क्लबलाई तीन लाख रुपैयाँ जरिबाना गरेको छ । सातदोबाटोमा रहेकाे एन्फा मुख्यालयमा एन्फा लिग कमिटीको बैठकले 'बी' डिभिजन लिग खेलमा अनुशासनहीन काम गरेको भन्दै नयाँ बस्तीलाई जरिबाना गरिएको हो । शहीद स्मारक 'बी' डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत गएकाे चैत २६…