काठमाण्डौ, ०८ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाबुराम भट्टराईसँगको सहकार्य चुनावसम्मका लागि मात्रै नभएको बताउनु भएको छ । अध्यक्ष दाहालले जनयुद्ध गर्ने, नयाँ संविधान बनाउने र देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने नेतृत्वको टिम हुनुको नाताले पनि भट्टराईसँगको सहकार्य चुनावसम्म मात्रै नभई धेरै लामो हुने बताउनुभयो । आफूहरु एक्लाएक्लै हिँड्दा केही…