काठमाडौं २२ चैत । सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्व सदस्य सचिव रमेश सिलवालले आफूलाई गैरकानुनी रूपमा हटाइएको भन्दै पुनर्बहालीको माग गर्दै दायर गरेको रिट खारेज गरेको छ । न्यायाधीशद्वय अनिलकुमार सिन्हा र कुमार रेग्मीको संयुक्त इजलासले रिट खारेज गरेसँगै सदस्य सचिव टंकलाल घिसिङलाई काम गर्ने बाटो खुलेको छ । केपी ओली नेतृत्वको सरकारले…