कास्की, १४ चैत्र । राष्ट्रपति विद्यादेवी भण्डारीले न्यायिक समिति लोकतन्त्र र सभ्यताको वाहक भएको बताउनुभएको छ । आज सोमवार पोखरामा न्यायिक समितिको राष्ट्रिय सम्मेलन सुरु गर्दै राष्ट्रपति भण्डारीले समितिले पीडित सर्वसाधारणलाई न्याय दिएको बताउनुभयो । उहाँले पहिले–पहिले कचहरीहरूले न्यायको काम गर्दै आएकोमा अहिले स्थानीय सरकारले नै त्यसको काम गरेको उल्लेख गर्नुभयो । राष्ट्रपति भण्डारीले न्याय…