कपिलवस्तु ८ माघ बाणगंगा नगरपालिकाले सञ्चालन गर्दै आएका विभिन्न पोषण कार्यक्रमहरूले समुदायस्तरमै सकारात्मक परिवर्तन देखाउन थालेका छन्। नगरकार्यपालिकाको कार्यालयले सार्वजनिक गरेको पछिल्लो प्रगति विवरणअनुसार नगरभित्र सञ्चालित पोषणमैत्री कार्यक्रमबाट कुल २ हजार १ सय २ जना नागरिक प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।लाभान्वितमध्ये १ हजार ६ सय ६९ जना महिला र ४ सय ३३ जना पुरुष रहेका…