सोलुखुम्बु, १२ भाद्र । सोलुखुम्बुको पर्यटकीय विमानस्थल तेन्जिङ हिलारी विमानस्थल लुक्लामा हवाई उडानको सङ्ख्या बाक्लिएको छ । ‘अफ सिजन’मा खुम्बु भ्रमणमा आउने विदेशीको सङ्ख्या बढेसँगै लुक्लामा हवाई उडानको सङ्ख्या बढेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्ला सोलुखुम्बुले जनाएको छ । यस वर्ष दैनिक ५ देखि ७ वटासम्म उडान भइरहेको प्राधिकरणका प्रमुख द्वारीका अछामीले बताउनुभयो। विमानका प्रायजसो…