रुपन्देहि, १४ असार । विहानैदेखिको वर्षाले विभिन्न ठाउँका सडक अवरुद्ध भएका छन् । मँगलबार विहानैदेखि वर्षा भएपछि बुटवल–पाल्पा सडक अवरुद्ध भएको छ । लुम्बिनी प्रादेशिक ट्राफिक कार्यालय बुटवलले दिएको जानकारी अनुसार बुटवल–पाल्पा सडक अन्तरगत सिद्धबाबा नजिकै माथिबाट आएको भेलका कारण सडक अवरुद्ध छ । वर्षाले सडकमाथिबाट आएको छिहिराको बहाव बढी भएपछि आवागमननै ठप्प भएको हो…