बुटवल, २३ कार्तिक । बृहत लुम्विनी महानगरको परिकल्पनासहित शहरी बिकास मन्त्रालयले एउटा महत्वकांक्षि गुरुयोजना तयार पार्दै छ । गुरुयोजना अनुसार पश्चिमतर्फ चन्द्रौटा र पूर्वतर्फ बर्दघाट प्रवेश गरेपछि सडकका छेउछाउंमा बुद्धमुर्तिहरु देखिनेछन् । सडक धुँवा र धुलो मुक्त हुनेछ । सार्वजनिक र नीजि विद्युतीय सवारी साधन चल्दा ध्वनी प्रदूषण पनि आधा घट्नेछ । सडकमा चीवर धारण…