झापा, ८ माघ आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा मतदाता र मतदानस्थललाई भयरहित बनाउन सुरक्षा निकायले मतदानस्थलको तीन तहमा वर्गीकरण गरेको छ । प्रमुख जिल्ला अधिकारी शिवलाल गेलालले जिल्लाका ९५ वटा मतदानस्थललाई अतिसम्वेदनशीलका रूपमा राखिएको बताउनुभयो । जिल्लामा रहेका २८५ मतदानस्थलमध्ये १४७ सम्वेदनशील र ४३ वटा मतदानस्थल सामान्य रहेका उहाँले जानकारी दिनुभयो…