काठमाण्डाै, २२ जेत । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेशको तीव्र विकासका लागि आवश्यक कार्ययोजना बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । सुदूरपश्चिमाञ्चल सरोकार मञ्च नेपालले आज आइतवार काठमाण्डाैमा आयोजना गरेको एक कार्यक्रममा प्रधानमन्त्री देउवाले यस्ताे भन्नुभएकाे हाे । उहाँले मानव संशाधनको विकास र लगानीको सुरक्षा गर्न सके सुदूरपश्चिम प्रदेशलाई देशकाे सबैभन्दा…