काठमाण्डौ, १९ जेठ । पूर्वराजा वीरेन्द्र शाहको सालिक राख्ने विषयमा विवाद हुँदा नेपालगञ्जको धम्बोजीमा रहेको वीरेन्द्रचोक तनावग्रस्त भएको छ । बिहान वीरेन्द्रचोकमा वीरेन्द्र शाहको सालिक राख्न खोज्दा प्रशासनले अवरोध गरेपछि झडप भएको छ । झडप भएपछि प्रहरीले केही राउण्ड हवाईफायर समेत गरेको छ । वीरेन्द्रचोकमा रहेको राजा वीरेन्द्रको पूर्णकदको सालिक दोस्रो जनआन्दोलनमा भत्काइएको थियो ।…