काठमाडौँ, ७ माघ पौषशुक्ल पूर्णिमादेखि माधवनारायण व्रत बसेका व्रतालु माधवनारायण भगवानसहित काभे्रपलाञ्चोकको सांस्कृतिक सहर पनौतीको तीर्थयात्राका लागि साँखुबाट हिँडेका छन् । प्रत्येक वर्ष माघशुक्ल तृतीयाका दिन माधवनारायण व्रत बसेका व्रतालु साँखुस्थित शालीनदीबाट पनौती जाने परम्परा छ । तृतीयाको बेलुकी पनौती पुगेका व्रतालुले माघशुक्ल चतुर्थीको बिहान त्रिवेणी घाटमा स्नान गरी व्रत पूजा गर्ने विधि छ ।…