सल्यान२८-मंसिर/ सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । सल्यान र रोल्पाको सिमाना रोल्पाको डल्सिङ्गेबाट रुकुम झुल्नेटा जाँदै गरेको रा १ त १६९८ नं. ट्याक्टर सल्यान बागचौर नगरपालिका-१२ धुराखर्कमा दुर्घटना भएको हो । दुर्घटनामा परी ट्याक्टर चालक तथा रोल्पा गंगादेव गाउँपालिका-४ गैरानेटाका अन्दाजी ४८ वर्षीय गञ्जबहादुर डाँगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ…