काठमाण्डौ, २३ असार ।सरकारले राष्ट्रिय गौरवको सूचीमा रहेको पूर्व–पश्चिम रेलमार्ग निर्माण सुरु गरेको पनि एक दशक बितिसकेको छ। अहिलेसम्म यो रेलमार्ग प्रभावित क्षेत्रको मुआब्जा निर्धारण गर्न नसक्दा आयोजनाले गति लिन सकेको छैन। सरकारले आर्थिक वर्ष २०६६/६७ मा आयोजना निर्माण गर्ने काम सुरु गरेको थियो। पूर्व–पश्चिम रेलमार्ग अन्तर्गत अहिले दुई खण्डको मात्रै सामान्य काम अघि बढ्दै…