साउन ४, एजेन्सी ।श्रीलङ्काको राष्ट्रपतिमा रनिल विक्रमासिङ्घे चुनिनुभएको छ । आज मङ्गलवार भएको चुनावमा विक्रमासिङ्घेले एक सय ३४ मत प्राप्त गर्दै देशको नयाँ राष्ट्रपति चुनिनुभएको हो । उहाँका प्रतिस्पर्धी दलस अलपेरुमाले ८२ मत प्राप्त गर्नुभयो । दुई सय २३ सांसदले मतदान गरेका थिए भने दुई सांसद मतदानमा अनुपस्थित थिए । राष्ट्रपति चुनाव जितेपछि संसद्लाई सम्बोधन…