पोखरा महानगरपालिकाबाट मेयरको लागि स्वतन्त्र उम्मेदवार उठेका गनेश पौडेललाई दिइएको चुनाव चिन्ह लौरो खोसिएको छ । आजै बिहान निर्वाचन कार्यालयले प्रदान गरेको चुनाव चिन्ह खोसिएपछि निर्वाचन अधिकृतको कार्यालय पुग्नुभएका गनेशले दलगत षड्यन्त्रका कारण आफ्नो चुनाव चिन्ह खोसिएको बताउनुभएको छ । स्वतन्त्र उम्मेदवारी दिनुभएका गनेशले आफूले चुनाव चिन्ह देशैभरि एकरुपता हुने हिसाबले लिएको तर त्यो एकरुपतालाई…