काठमाडौँ, ६ असोज तिहारको प्रमुख दिन भाइटीकाका दिन आज काठमाडौँको ऐतिहासिक रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरमा दिदीबहिनी नहुने दाजुभाइले टीका लगाउँदै आपसी माया, स्नेह र आस्थाको पर्व मनाएका छन् । भाइटीकाको शुभसाइत बिहान ११ बजेर ३९ मिनेटमा जुरे पनि बालगोपालेश्वर मन्दिर आज बिहानैदेखि नै सर्वसाधारणका लागि खोलिएको थियो । मन्दिरमा रहेका पुजारी भेमब कोइरालाले दिउँसोसम्म करिब…