काठमाडौँ, १२ वैशाखः उपराष्ट्रपति रामसहायप्रसाद यादवले आधुनिक समाजमा लैङ्गिक समानता, नारी स्वतन्त्रता र आत्मनिर्भरता प्रवद्र्धन गर्न सीताको जीवन उत्तिकै प्रासङ्गिक रहेको बताउनुभएको छ । सीता जयन्तीलाई सामाजिक कुरीति, विभेद र हिंसाविरुद्ध जागरण फैलाउने अवसरका रूपमा लिन सक्नुपर्ने उहाँको भनाइ छ । सीता उत्पत्ति दिवस (सीता जयन्ती), २०८३ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली…