एजेन्सी । युक्रेनले रुससँग वार्ताका लागि तयार रहेको जनाएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसको वार्ता प्रस्ताव स्वीकार गर्नुभएको हो ।यसअघि उहाँले बेलारुसमा वार्ता गर्ने रुसी प्रस्ताव अस्वीकार गर्नुभएको थियो । युक्रेनी राष्ट्रपति जेलेन्स्की युक्रेन–बेलारुसको सीमामा रहेको प्रि–प्याट नदी नजिक वार्ता गर्न तयार हुनुभएको हो । युक्रेनी राष्ट्रपति जेलेन्स्की कुनै पनि पूर्वसर्त विना आफ्नो…