काठमाडौँ १० माघ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन्। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारीका विद्यार्थीले सोमबार काठमाडौँको त्रिचन्द्र क्याम्पस अगाडि प्रदर्शन गरेका हुन् । उनीहरुले नाराबाजीसहित मुल सडकमा टायर समेत बालेका थिए । प्रहरीले प्रदर्शनकारी विद्यार्थीलाई तितरवितर पारेर टायर निभाएको हो । विप्लव नेकपाको अखिल क्रान्तिकारिका…