गुल्मी ८ फागुन - गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाका घरमा गए राती आगलागी भएको छ । प्रहरीका अनुसार हलोगाढे बारुखा हलोगाडेका शिक्षक गुप्तबहादुर कार्कीको घर जलेर पूर्णरुपमा नष्ट भएको हो । करिब २० लाखभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । धनमाल क्षति भए पनि मानवीय र चौपायाको क्षति नभएको प्रहरीले जनाएको छ ।