काठमाडौँ, २४ जेठः परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारतबीच रहेका सीमालगायत विषयको समाधान वार्ता र कूटनीतिक संयन्त्रमार्फत खोजिने बताउनुभएको छ । भारतको तीनदिने औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले भारतसँगको सिमानालगायत विषयमा दुई देशबीच गठित कूटनीतिक संयन्त्रले समाधानका लागि काम गरिरहेको जानकारी दिनुभयो । लिपुलेक, लिम्पियाधुरा र कालापानी…