काठमाडौँ, ३१ भदौः जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाउनेमध्ये चार जनाको आज पशुपतिस्थित आर्यघाटमा अन्त्यष्टि गरिएको छ । आज काठमाडौँका रसिक खतिवडा, ललितपुरका विनोद महर्जन, दीपेश सुनुवार र कैलालीका गौरव जोशीको अन्त्यष्टि गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदर्शनका क्रममा ज्यान गुमाएको छ जनालाई भने…