गाजा, २३ भदौ (रासस÷सिन्ह्वा) हमासले युद्धविराम सम्झौताका लागि बन्धकहरूको रिहाइ सम्बन्धमा छलफल गर्न तयार रहेको जनाएको छ । गाजा क्षेत्रमा जारी द्वन्द्व अन्त्य, इजरायली फौजको पूर्ण फिर्ता र स्वतन्त्र प्यालेस्टिनी प्रशासन समिति गठनको सर्तमा हमासले सबै बन्धकहरूलाई मुक्त गर्ने विषयमा वार्ता गर्न इच्छुक भएको हो । मध्यस्थकर्ताहरू मार्फत् अमेरिकी पक्षले प्रस्तुत गरेको युद्धविराम प्रस्तावलाई हमासले…