टोकियो, २२ भदौ जापानका प्रधानमन्त्री शिगेरु इशिबाले आइतबार आफू सत्तामा बसेको एक वर्ष नपुग्दै पदबाट हट्ने घोषणा गर्नुभएको छ । उहाँको घोषणाले विश्वको चौथो ठूलो अर्थतन्त्रका लागि नयाँ अनिश्चितता थपेको छ । यसबेला जापान बढ्दो खाद्य मूल्यसँग जुधिरहेको छ र आफ्नो महत्त्वपूर्ण अटो क्षेत्रमा अमेरिकी भन्सार शुल्कको असर बेहोरिरहेको छ । “अब अमेरिकी करसम्बन्धी वार्ता…