काठमाडौँ, २० असोज निर्वाचन आयोगले आगामी कात्तिक १७ गतेका लागि तोकिएको मनाङ जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा निर्वाचन क्षेत्र नं २ को उपनिर्वाचनका सम्पूर्ण कार्यक्रम स्थगन गरेको छ । आयोगले यही असोज १९ गतेको निर्णयानुसार पूर्वप्रकाशित निर्वाचन कार्यक्रमबमोजिमका सम्पूर्ण कार्य हाललाई स्थगन गरिएको जनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा…