बुटवल, १४ माघ । बुटवलमा सामुदायिक कुकुरको बन्ध्याकरण र रेबिजविरुद्धको खोप लगाउन सुरु गरिएको छ। बुटवल उपमहानगरपालिकाभित्र सडकमा कुकुरहरूको सङ्ख्या वृद्धि नहोस् र रेबिज रोग फैलिन नदिन बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप लगाउन थालिएको हो। बुटवल उपमहानगरपालिकाको आयोजनामा वडा नं १५ नवरत्न मावि नजिकैको भवनमा ३ दिने अभियान सुरु भएको हो। अभियानका क्रममा बुटवलभित्रका सडकका कुकुरहरूको…