प्रदेश

रोटरी कल्ब अफ कपिलवस्तु मीडटाउनद्वारा निःशुल्क स्वास्थ्य शिविर 




कपिलवस्तु, माघ १३ ।
रोटरी कल्ब अफ कपिलवस्तु मीडटाउनले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा करिब १ सय २० जनाले स्वस्थ जाँच गराएका छन् ।  वाणगङ्गा चार नम्बरमा रहेको चन्द पोलिक्लिनिकमा भएको कार्यक्रममा विशेषज्ञ डाक्टर समक्ष उनीहरूको स्वास्थ्य जाँच गरिएको हो  । शिविरमा जनरल फिजिसियन एमबिबिएस एम डि डा. खलिल मिया र डा. दिपेन्द्र चन्दले स्वास्थ्य जाँच गरेका थिए । 


बाणगङ्गा नगरपालिकाका मेयर चक्रपाणि अर्यालको ब्लड प्रेसर जाँच गरेर कार्यक्रमको उद्घाटन गरिएको आयोजकले जनाएको छ । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै मेयर अर्यालले सामाजिक उत्थान तथा विकासका रोटरीले सञ्चालन गरेका कार्यहरू प्रशासनीय रहेको बताए । उनले रोटरी क्लबलाई नगरले सहयोग गर्दै आएको प्रष्टपार्दै आगामी दिनमा पनि उक्तिकै सहयोग रहने बताए ।


शिविरमा कल्बका अध्यक्ष  विष्णु माया श्रेष्ठको अध्यक्षता, वाणगङ्गा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालको प्रमुख आतिथ्यता, स्वास्थ्यकर्मी भक्तिराम पाण्डे, ३२९२ नेपाल भारत जोन ३४ का असिस्टेन्स गर्भनर एजी बासुदेव घिमिरेको विशिष्ट आतिथ्यता, क्लबका पूर्व अध्यक्ष नरेश पौडेल, माधव भाट क्षेत्री, मोहन बेल्बासे, रोटरी कल्ब अफ कपिलवस्तु मीडटाउनका चार्टर प्रेसिडेन्ट लक्ष्मण अधिकारीको आतिथ्यता रहेको कार्यक्रममा  प्रेसिडेन्ट बद्री प्रसाद काफ्लेको स्वागत, रोटरीयन समिर सायरको सञ्चालन रहेको थियो ।

प्रकाशित : १३ माघ २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६