खजुरा, १२ माघ । कोहलपुर नगरपालिका–१४ पर्वतिपुरमा बस र ट्रक एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । आज नेपालगञ्जबाट जाजरकोट जाँदै गरेको भे १ ख ४०३३ नम्बरको मिनीबस र न ५ ख ८५६६ नम्बरको ट्रक पर्वतिपुरस्थित आपसमा ठोक्किएका थियो । दुर्घटनामा परी ट्रकका मालिक रुपन्देही देवदह नगरपालिका–६ खैरेनी बस्ने रामकृष्ण गोतामेको मृत्यु…