दमौली (तनहुँ), ६ असोजः नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले विद्युत् काटेर बक्यौता रकम सङ्कलन गरेको छ । केन्द्रले आर्थिक वर्ष २०८१÷८२ मा विद्युत् काटेर रु एक करोड २७ लाख १५ हजार सात सय ८६ सङ्कलन गरेको हो । उक्त अवधिमा एक हजार ५२ सेवाग्राहीको लाइन काटिएको थियो । सोमध्ये सात सय आठ जनाले बक्यौता…