गुल्मी, ३१ वैशाख । ठेकेदार कम्पनीले पूरा भुक्तानी नपाएको भन्दै भवनमा ताल्चा लगाएपछि गुल्मीको गुल्मीदरबार गाउँपालिकामा १५ शय्याको अस्पताल अलपत्र बनेको छ । ०८० असारमै निर्माण पूरा भइसकेको उक्त भवनमा ताल्चा लाग्दा एक वर्षसम्म प्रयोगमा आउन सकेको छैन । १२ करोड ९४ लाख ५६ हजार ९१३ रुपैयाँमा अर्जुन बिल्डर्स प्रालि तम्घासले ठेक्का पाएको थियो ।…