काठमाण्डौ, १२ कात्तिक । लेबनानमा तैनाथ संयुक्त राष्ट्रसङ्घीय अन्तरिम फौजअन्तर्गत खटिएका एक नेपाली शान्ति सैनिक घाइते भएका छन् । नेपाली सैनिक रहेको संयुक्त राष्ट्रसङ्घीय पोष्ट ८–३३ नजिक सम्भावित इजरायली डिफेन्स फोर्स र हिजबुल्ला समूहबीचको आर्टिलरी रकेट मोर्टार प्रहारका क्रममा यही कात्तिक ११ गते राति सैनिक घाइते भएका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।…