लुम्बिनी, ०९ कात्तिक । भारतको प्रशिद्ध पतञ्जली योगपीठका अध्यक्ष आचार्य बालकृष्णले नेपाल भारतीय पर्यटकको एउटा सहज गन्तव्य भएको बताएका छन्। आज बिहान पाल्पाको बसन्तपुरस्थित कामाख्यादेवी मन्दिरको दर्शन गर्न पुग्नुभएका उहाँले भन्नुभयो “नेपालका कुनै पनि पर्यटकीय स्थानमा भारतीय नागरिकलाई सहज पहुँच छ, दुई देशको धार्मिक, सांस्कृतिक समानताका कारण पनि नेपालका धार्मिक गन्तव्यहरुप्रति भारतीयको आस्था र आकर्षण…