बाणगंगा, कपिलवस्तु, १० असार कपिलवस्तुको बाणगंगा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि विकास, उत्पादन, सुशासन र सामाजिक रूपान्तरणलाई केन्द्रमा राख्दै नयाँ बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको १९औँ नगरसभाले पारित गरेको बजेटले कृषि उत्पादन वृद्धि, रोजगारी सिर्जना, पूर्वाधार विस्तार, शिक्षा–स्वास्थ्य सुधार तथा वातावरण संरक्षणलाई प्राथमिकतामा राखेको देखिन्छ ।नगरपालिकाले आगामी आर्थिक वर्षका लागि २ अर्ब ३३…