गुल्मी, २८ असार । गुल्मीमा चट्याङ लागेर एक जना बालिकाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका–१ सिम्ले निवासी टीका बलालको चट्याङ लागेर मृत्यु भएको हो । आफ्नै घरमा काम गरिरहेकी १५ वर्षीया बलालको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । चट्याङबाट घाइते भएकी उनको बाग्लुङ जिल्लाको बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा…