सर्लाही १ असार । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षबीचको विवादले उग्र रुप लिएको छ। अध्यक्ष राजकुमार महतोको कार्यशैलीविरुद्ध गाउँपालिका उपाध्यक्ष गीतादेवी महतोको नेतृत्वमा सात दलले बिहीबार गाउँपालिका कार्यालय घेराउ गरेका छन्। त्यस क्रममा उनीहरूले अध्यक्ष महतोले गाउँपालिकामा व्यापक भ्रष्टाचार गरेको आरोप लगाए। अध्यक्ष महतो निरंकुश भएको भन्दै नाराबाजी गरे।चन्द्रनगर गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष फरक…