चन्द्रौटा, १६ माघ ।कपिलवस्तुको शिवराज नगरपालिका वडा ४ ले वडा भित्रका १५० जना ज्येष्ठ नागरिकहरूलाई न्यानो कम्बल वितरण गरेको छ । मङ्गलवार वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरि वडा भित्रका ७५ वर्ष माथिका नागरिकहरूलाई न्यानो कम्बल प्रदान गरेका हो । जाडोको समयमा न्यानो कम्बल पाएपछि ज्येष्ठ नागरिकहरू खुसी भएका छन् । चिसो मौसम बढेसँगै वृद्धवृद्धाहरुलाई…