काठमाण्डौ, ०१ चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उपराष्ट्रपति चुनावमा पनि तटस्थ बस्ने निर्णय गरेको छ । यसअघि राष्ट्रपति चुनावमा पनि कसैलाई मत नदिएको राप्रपाले पर्सि शुक्रवार हुने उपराष्ट्रपति चुनावमा पनि मतदान नगर्ने भएको हो । पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि विज्ञप्ति निकालेर राप्रपाले मतदान नगर्ने जानकारी गराएको हो ।…