जीवनशैली

एक दशकदेखि हात्तीको त्रास



०१ चैत्र फाल्गुन बर्दिया — बर्दियाको राजापुर नगरपालिका–७ शंकरपुरकी ६५ वर्षीया धन्सी कामीले ३० वर्षअघि सुकुम्बासी समस्या समाधान आयोगबाट पाँच कट्ठा जग्गा प्राप्त गरिन् । उक्त जग्गामा बसोबास गरेको दुई दशकसम्म यहाँ वन्यजन्तुको डर थिएन ।
उनको बस्तीको सीमा भारतीय कतरनियाघाट वन्यजन्तु आरक्षसित जोडिएको छ । जसले गर्दा एक दशकयता शंकरपुर र आसपास क्षेत्रका बासिन्दा चयनले बस्न पाएका छैनन् । हात्ती आक्रमणले धनजन क्षति हुन थालेपछि स्थानीय आतंकित छन् ।
वर्षौंदेखि रातीमा निदाउन नसकेको उनले बताइन् ।आयस्रोतका नाममा पाँच कट्ठा जग्गा बाहेक केही नभएको उनले सुनाइन् । स्थानीय सरकारले सहयोग नगरेको उनले गुनासो पोखिन् । गत वर्ष यहाँ हात्तीले १५ घर भत्काएको थियो ।
सीमा क्षेत्रमा किसानले लगाएको अन्नबाली भारतबाट आउने हात्तीका लागि आहार रोपेजस्तो भएको स्थानीय सागर परियारले बताए ।
अन्नबाली हात्तीले सखाप पार्दै गएपछि शंकरपुरका ४० घरका बासिन्दामध्ये ३५ परिवारका युवा रोजगारीका लागि भारतमा मजदुरी गर्न गएको परियारले बताए । कहिलेकाहीं हात्तीका दर्जनौं हुल खेतमा पसेर लगाएको बाली सखाप पार्छन् । हात्ती लगायत कहिलेकाहीं बाघ पनि मानव बस्तीमा पस्ने गरेको छ । हात्तीको आतंकबाट यहाँका मानिस मानसिक त्रासमा बस्नु परेको बताउँछन् ।
स्थानीय कस्तुरी दमाईले निरन्तर भारतबाट आउने वन्यजन्तुले मानव बस्तीमा प्रवेश जारी रहँदा कुनै पनि बाली सग्लो रूपमा भित्र्याउने अवस्था नआएपछि खेती गर्नै छाड्ने अवस्थामा पुगेको बताइन् ।तीन दिनअघि हात्ती बिहानै पसेर हुर्किएको गहुँ बाली सखाप पारेको उनले दुःखेसो पोखिन् । अधिकांश दलित समुदाय बस्दै आएको यहाँ हात्तीले बर्सेनि घरमा क्षति पुर्‍याउने गर्छ । खेत बाँझो भएपछि हात्तीले घर भत्काएर अनाज खाने गरेको स्थानीयले बताए ।

प्रकाशित : १ चैत्र २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६