हरि घिमिरे कपिलवस्तु, २४ फागुन । रुपन्देहीको सैनामैनामा जारी पाँचौ राष्ट्रिय सैनामैना महोत्सवमा जुवाको खाल चलिरहेको छ । महोत्सवमा आयोजककै मिलेमतोमा दिनदहाडै हजारौँ रुपैँया हारजीत हुनेगरी जुवा खेलाइएको पाइएको हो । “देश निर्माणमा व्यापारको आवश्यकता, व्यवसायिक हितसँगै सामाजिक एकता” भन्ने मुलनारासहित महोत्सव सुरु भएको बुधवार आठौं दिन सम्म आइपुग्दा मेलामा खुलेआम जुवा खेलाएको पाइएको छ…