काठमाण्डौ, ०७ असार । सञ्चारकर्मीको पेसा छाडेर राजनीतिमा लाग्नुभएका रवि लामिछानेले नयाँ पार्टी घोषणा गर्नुभएको छ । काठमाण्डौको राष्ट्रिय सभा गृहमा एक कार्यक्रममा रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गर्नुभएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गर्दै लामिछानेले आजसम्मको योगदान, लोकतान्त्रिक गणतन्त्रलगायतका उपलब्धिका लागि पुराना दल र नेताहरूलाई धन्यवाद दिँदै आफू अरू पार्टीमा नजाने बताउनुभयो…